काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवकाे सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरुकाे सरुवा गर्ने निर्णय गरेकाे हाे।
सरुवा गरिएकाहरूमा संघीय मन्त्रालयका सहसचिव साथै प्रदेशका सचिवहरूसमेत छन्। सरुवा गरिएका उनीहरूलाई मन्त्रालय तथा विभागहरूमा पठाइएको छ।