काठमाडौं । रुपन्देही जिल्ला कारागार कार्यालयले सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बस्ने कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखिएको जनाएको छ।
कारागारका अनुसार लामिछानेलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहमा राखिएको छ, जहाँ अलग्गै शौचालय, टेलिफोन र भेटघाट सुविधा उपलब्ध छ।
कारागार प्रशासकका अनुसार, कारागारमा २५० जना राख्ने क्षमता भए पनि हाल ६४० जना बन्दी छन्। क्षमता भन्दा तीन गुणा बढी बन्दी हुँदा पनि उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै कानुन बमोजिम सेवा सुविधा उपलब्ध गराइरहेको कार्यालयले जनाएको छ।