काठमाडौं । काठमाडौंसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन्। गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौंको सिडिओमा छविलाल रिजाललाई सरुवा गरिएको छ भने काठमाडौंका तत्कालीन सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमै तानिएको छ।
यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वका सिडिओ पनि फेरेका छन्। ती जिल्लामा कार्यरत अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको हो।
नयाँ सिडिओका रुपमा गणेशप्रसाद पौडेल बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थी रसुवा, नवराज पौडेल मनाङ, शिवराज सेढाइ ताप्लेजुङ, खडानन्द खत्री मुगु, सिता परियार रुकुम पूर्व, बद्रीप्रसाद तिवारी म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानी रुकुम पश्चिम, भीमराज कोइराला डोल्पा र टेककुमार रेग्मी हुम्लामा खटाइएका छन्।