काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग भेट भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।’