काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दै रास्वपालाई उम्मेदवारको नाम घोषणा गरेको हो । रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गर्दै ९ जना आकांक्षीमध्येबाट थापाको नाम छनोट गरेको छ । पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले थापाको नाम घोषणा गरे ।
उनले प्राइमरी इलेक्सनमार्फत गरिएको उम्मेदवार चयन स्वच्छ र विधिसम्मत भएको बताए । आईतबार आफू सभापतिलाई भेट्न कारागार गएको भए पनि फलानोलाई उठाउने भनेर कुनै सल्लाह नभएको उनले दाबी गरे । अर्यालले भने, ‘हाम्रो सचिवालय बैठकले उम्मेदवारबारे निर्णय गरेको हो । सभापतिज्यूले यदि कारागारमा टेलिभिजन छ भने टीभी हेरेर थाहा पाउनुहुन्छ ।’