काठमाडौं । जिल्ला मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो।
नासु भण्डारीलाई पक्राउ गरेर स्थानीय जनप्रतिनिधिसहित प्रहरीको टोलिले मुचुल्का उठाउने काम गरिरहेको छ ।