काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको नयाँ भव्य कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन्।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा आगजनी गरेपछि प्रचण्डले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा नयाँ कार्यालय बनाउने योजना सार्वजनिक गरेका हुन्।
प्रचण्डले भने, “अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन निर्माण गरिनेछ।” मंगलबार मध्याह्न प्रचण्ड क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए।