काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारसम्बन्धि छानबिनका लागि आयोग बनाउने बताएकी छिन् । बीबीसी नेपालीले लिएको प्रधानमन्त्रीको विशेष अन्तर्वार्तामा कार्कीले यस्तो बताएकी हुन् ।
उनले जेनजी पुस्ताले गरेको आन्दोलनको प्रमुख माग नै भ्रष्टाचारको छानबिन भएकाले त्यसका लागि आयोग बनाउनु पर्ने आवश्यकता रहेको बताएकी छिन् ।
मन्त्री कार्कीले भनेकी छिन्, ‘कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भएपनि हामीले कारबाही गर्नेसम्म पुर्यायौं भने सरकारले काम गर्न सक्छ ।’