काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ।
मोदीले नेपालमा हालै भएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
फोनवार्ता न्यानो र सौहार्दपूर्ण भएको मोदीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्। उनले नेपालको शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्कीले गरिरहेका प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, मोदीले शुक्रबार (असोज ३) नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्की र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।