काठमाडौं । गृह मन्त्रालयले जेनजी प्रदर्शनपछि विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरण गर्न सहायत कक्ष स्थापना गरेको छ।
गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यले विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा उश्रृङ्खल गतिविधि भए गरेको देखिएमा अथवा केही समस्या भएमा ९८५१३६०६०३ सहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको जानकारी दिए ।
सहायता कक्ष तथा उपलब्ध सम्पर्क नम्बरमा फोन, एसएमएस, ह्वाट्स् एप, भाइबरमार्फत आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव जानकारी गराउन अनुरोध गरिएको छ।