काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण प्रगतिबारे स्थलगत जानकारी लिएका छन् ।
अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे ।
चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन घिसिङले निर्देशन दिएका छन् । साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न तथा चालू आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।