काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारको निर्णयअनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरी ३८ कर्मचारीको सरुवा गरेको छ।
सरुवा सूचीअनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यसमा ७ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो। यस्तै, विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ जनालाई अन्यत्र सरुवा गरिएको छ।

