काठमाडौं । हालसम्म बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा ४८९ जनाको शव फेला परेको छ। तीमध्ये ३९३ शवको पहिचान हुन बाँकी रहेको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवहरू विभिन्न जिल्लामा राखिएको छ। शवहरू भेटिएका जिल्लाका साथै काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा समेत राखिएको छ।
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा र नवलपरासी जिल्लामा शव फेला परेका छन्।
ठूलो संख्यामा शवको पहिचान हुन नसकेपछि सम्बन्धित निकायले मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र मृतक तथा बेपत्ता व्यक्तिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।

