काठमाडौं । सुनकोशीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव फेला परेको हो ।
शनिबार भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल जिपसँगै फेला पारेको थियो ।
८ दिनअघि अघिल्लो शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप मध्य पहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना हुँदा सीटीईभीटीका तीन अधिकारीहरूको मृत्यु भएको हो । जिपका चालक भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए ।