Author: हाम्राे हेडलाइन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए । प्रवक्ता अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको पुष्टि गरे । पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् । ‘एक बजेसम्म यहाँबाट फर्केर जाने र आज नै मन्त्रिमण्डल विस्तार गर्ने र शपथ ग्रहण गराउने मेरो लक्ष्य छ,’उनले भने ‘आज भएन भने भोलि बिहान होला काम त सकिएको छ ।’ एक दुई वटा मन्त्रालय थोरै मिलाउन बाँकी रहेको उनले स्पष्ट पारे । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अझै पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । अहिले नेपाल सरकारका…

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक २ बजे पुनः बस्ने भएको छ। बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपत्यकाबाहिर कार्यक्रम रहेकाले बैठक २ बजे पुनः बस्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। मन्त्रालय बाँडफाँटमा संख्या र मन्त्रालय टुंगिएकाहरु बैठकमा नआए पनि हुने, तर नटुंगिएकाहरु आएर छलफल गर्ने उनको भनाइ छ। संख्या र मन्त्रालय टुंगिएका दलहरुले नाम पठाए हुने उनको भनाइ छ।

Read More

काठमाडौं । सत्ता गठबन्धन दलहरूले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन्। यही क्रममा बुधबार दिउँसो बालुवाटारको सत्ता गठबन्धन बैठकले बिहीबारसम्म सरकार विस्तार टुङ्ग्याउने निर्णय गरेका हुन्। सरकारमा सत्ता समर्थक राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सहभागी हुने जनाइएको छ। बुधबारको गठबन्धन बैठकले मन्त्रालयको संख्या टुङ्गो लगाएपनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने टुङ्गो नलागेको जनाइएको छ। बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी पत्रकारहरुलाई दिएका हुन।दलहरुबीच नेपाली कांग्रेसले ८ मन्त्रालय, माओवादीले ५, नेकपा एकीकृत समाजवादी र जसपा २/ २ र अन्य दलहरूले एक एक मन्त्रालय पाउने भन्ने सहमति छ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते…

Read More

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ । उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ,…

Read More

काठमाडौं । मिटरब्याज पीडित र सरकारले गठन गरेको टोलीबीच बिहीबार वार्ता हुने भएको छ। सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्। संयोजक शर्माले बिहीबार बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिइन्।

Read More

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि मोबिल छ्यापिएको घटनाको बिरोधमा नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। मोबिल छ्याप्नेमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन्। उनीहरु राजमार्गको गोलबजार खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। एमालेबाट मेयर निर्वाचित श्रेष्ठ पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ हुन। श्रेष्ठमाथि मोबिल छ्याप्नेमध्ये एक जनालाई प्रहरीले मंगलबार नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधुसरण महरालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ। जसअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने छन्। यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Read More

काठमाडौं । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ।  बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए।

Read More