Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक…
काठमाडौं । शिक्षक आन्दोलन चुलिँदै गएका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव…
काठमाडौं । आज नेप्से परिसूचकमा ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा आएको छ । आज ८…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- तीनकुने घटनामा थप एकजना पक्राउ
- शिक्षामन्त्री भट्टराईको राजीनामा
- शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस् : प्रधानमन्त्री
- नेप्से परिसूचक २७०१.९९ बिन्दुमा
- ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्दै स्वास्थ्य मन्त्रालय
- रविको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नमिल्ने’ मा
- सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९१ हजार
- पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ जना घाइते
- हाजिरी जमानीमा छुटे धवलशमशेर
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
Author: हाम्राे हेडलाइन
काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले गरेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राहत दिने निर्णय गरेको हो। कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घटनाको छानबिनकामा संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देब राज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा प्रस्तुत टीआरसी र संवैधानिक परिषदसम्बन्धी विधेयकलाई चाडो निष्कर्ष पुर्याउने विषय र नयाँ नियमावलीको विषयमा छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घन्टाको समय छुट्याइएको थियो। आइतबार सैद्धान्तिक छलफलमा सत्तापक्षमा रहेका अन्य दलहरूले शान्ति सम्झौता र सर्वोच्च अदालतले गरेको निर्देशनलाई समेत ध्यान दिएर कानुन बनाइने बताएका छन् । एमाले, राप्रपा र नेमकिपाले संशोधनमा जोड दिएका छन् ।
काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । उक्त घटनाको समाचार क्लीकमान्डुले सम्प्रेषण गरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता…
काठमाडौं, १२ चैत । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ। काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो। यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ…
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित भएको छ। आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ। आजकै बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाईसमेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका छन्।
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३र४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन्
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेको बताए । यसअघि, नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । यद्यपि, अल्पमतमा परे पनि मुख्यमन्त्री लीला गिरीले राजीनामा दिएका छैनन् । सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।
काठमाडौं । नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोडिएको छ । चैत १० गते दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ। प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन। चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए। १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको…
काठमाडौं । तनहुँ म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको हो । उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताइएको छ । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्यांकीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कालिका र गोरखकाली मन्दिरको दर्शन गरेका छन् । सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेर उनले मन्दिरमा पूजा गरेका हुन् । करिव आधा घण्टा पूजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा पुगेका थिए । उनले त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरेका छन् ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित