Author: हाम्राे हेडलाइन

एजेन्सी । ताजिकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ।  भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो। सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीले घोषणा गर्ने लाभांशमा थप कडाई गरेको छ । बुधबार लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गरेको छ । १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि लघुवित्त कम्पनीले २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यस्था थियो । लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा १५…

Read More

काठमाडौं । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। उनीहरुलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुसँग धरौट माग गर्ने आदेश दिएको हो। अदालतले माग गरनेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुन पाउने छन्। बाराको सिम्रौनगढ–३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए। सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझी भने फरार छन्। गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरुले…

Read More

काठमाडौं । हुन्डी कारोबारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको हो । भारत हिमाञ्चल प्रदेश घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४९ वर्षीय विजयकुमार गुप्तालाई गत सोमबार पक्राउ गरेको हो। उनी कुलेश्वरस्थित माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक हुन्। उनीबाट प्रहरीले ५७ लाख नगद र १४ लाख ८० हजार बराबरको चेक बरामद गरेको हो। उनीमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ। उनले फलफूल व्यवसाय चलाएर लामो समयदेखि हुन्डी कारोबार गर्दै आएका थिए। उनलाई प्रहरीले २०७५ साल साउन ७ गते दुई…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ। क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको बताए। क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ। योसँगै खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सन्दीपको तर्फबाट समेत सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सरोज घिमिरेले रिट दायर गर्न लागेका हुन्।

Read More

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । आयोगका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन…

Read More

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दीप लामिछानेले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्। आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्। विवादकाबीच पनि सन्दिपको मैदानमा क्रेज उत्तिकै थियो। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि…

Read More

काठमाडौ । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ । निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको समेत जानकारी गराएको छ । ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित…

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले जितेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २१३ रनको चुनौति नेपालले ४४.१ बलमा ८ विकेट गुमाउँदै लक्ष्य सजिलै पूरा गर्यो । सिरिजमा यो लगातार चौथो जित हो । नेपालले कुनै खेल हारेन । योसँगै नेपालले त्रिकोणात्मक शृंखलामा शतप्रतिशत जितसहित क्लीनस्वीप गर्न सफल भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गर्दै रन बनाए । त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल…

Read More

काठमाडौं । बुद्ध एयरको विमान अवतरण अघि चरासँग ठोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको समयमा विमानमा गिद्ध ठोकिएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा लेखिएको छ, ‘कस्तो संयोग भिडियो खिचिरहेँको थिएँ बुध्द एअरसंग पोखरा इन्टरनेशनल एअरपोटमा गिद्ध ठोकियो । २ वटा गिद्ध मरेका छन् भने प्लेन शकुशल ल्याण्ड भएको छ । समय ३ः४ फाल्गुन ०८ गते २०७९। ४ मिनेट वाला भिडियोमा संयोगवस क्याच भयो ।’ पोखरा विमानस्थल नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ ।

Read More