Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई कांग्रेस सहीत ८ दलको समर्थन छ। पूर्व सभामुख रहेका नेता पौडेलले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।

Read More

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनले शनिबार दिउँसो पौने १ बजे संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

Read More

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए। सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो। यसैबीच नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ। शनिबार बिहान बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो। प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौँ ।’ राप्रपाले प्रदेश सरकारहरुलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। र, प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय लिएको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई प्रस्ताव गरेको र सबैले समर्थन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताए। बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए। कांग्रेसबाट यतिबेला दुई जनालाई उम्मेदवारको रुपमा चर्च गरिएको छ, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। यद्यपि, चार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको शुक्रबार बिहान बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने्बारे अनौपचारिक सहमति गरेको बताइएको छ। प्रधानमन्त्रीले बोलाएको शुक्रबारको बैठक राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्ने एक मात्रै अजेन्डा रहेको…

Read More

काठमाडौं । प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज उक्त विधेयक संसद्मा दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि तथा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विधेयकमार्फत् मुख्यगरी परिषद्को बैठकसम्बन्धी कार्यविधिमा संशोधन गर्न लागिएको छ । संवैधानिक परिषद्को निर्णय प्रक्रिया र गणपूरक सङ्ख्यामा संशोधन प्रस्ताव गरिएको छ । संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा…

Read More

काठमाडौं । धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५÷२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५÷२५ वर्ष कैद र ५-५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ । जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ सजाय पनि तोकिएको छ । अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको…

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतवार नै पेस गर्न आदेश दिएसँगै लामिछाने विदेश जान नपाउने भएका हुन् । लामिछानेले विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनेर गएको बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवार पेशी तोक्न आदेश दिएको छ । सोमबारदेखि सुरु हुने नेपालको आठौँ शृंखलामा यूएई र पपुवा न्युगिनीसँग दुई÷दुई खेल हुँदैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो । ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । ‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय…

Read More