Author: हाम्राे हेडलाइन

गोकर्णराज सुयल संघीय व्यवस्थाको आधारको रुपमा रहेको स्थानीय तहलाई नेपालको संविधानको धारा ५९, ६०, २२८, २२९ र २३० अनुसार धेरै हदसम्म वित्तीय स्वायत्तता दिएको छ । कानून, नीति, मापदण्ड, बजेट तथा कार्यक्रम बनाउने, खर्च गर्ने, वित्तीय जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने अधिकार स्थानीय तहले पाएको छ । त्यस्तै आफ्नो अधिकार क्षेत्र भित्रका करका दर र दायराको सम्बन्धमा निर्णय गर्ने सर्वाधिकार समेत स्थानीय तहमा निहीत रहेको छ । नागरिक ‘रुँदा सुन्ने र हाँसेको देख्ने’ सरकारको उपमा भएको स्थानीय सरकार सामु स्थानीय समुदायका हजारौं मागहरु सम्वोधन गनुपर्ने टड्कारो आवश्यकता छ । नागरिकका जन्म देखि मृत्युसम्मका कार्यहरु सम्पादन गर्ने स्थानीय सरकारले नागरिकका सबै…

Read More

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता…

Read More

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मंगलबार अपरान्ह १२ः५५ बजेदेखि सञ्चालनमा आएको हो । यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।

Read More

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउने क्रम जारी छ । उक्त पहिरो पन्छाउन अपराह्न ३ बजेसम्मको समय लाग्ने जनाइएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै…

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।

Read More

काठमाडौं। कामना सेवा विकास बैंकले ग्राहकका लागि नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। बैंकले पारिवारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सञ्चालनमा ल्याएको हो। पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेकामा यस्ता उपहार कुनै अप्ठ्यारो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्परा सुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए। सम्बन्धको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा हजुरआमा, बुबाआमा, श्रीमान्, श्रीमती, दाजुभाई, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाले आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त…

Read More

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ। सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरु सहमत भएका हुन्। उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो। एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समितिको ड्राफ्ट बनाउने गरी तीन नेता सम्मिलित कार्यदल बनाइएको जानकारी दिए।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को गतिरोध अन्त्य गर्ने र समसामयिक राजनितिक विषयबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेलले आज छलफल गर्न लागेका हुन्। छलफल बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको छ। बैठकमा सदन सुचारु गर्नेबारे र समसामायिक राजनितिक विषयमा छलफल हुने छ। राष्ट्रपति पौडेलले पछिल्लो समय सदनमा भएको अवरोधबारे चासो लिँदै आएका छन्। उनले सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक-पटक छलफल गरिसकेका छन्। प्रमुख प्रतिपक्षी दल ले साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ…

Read More

बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाहसहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट विनियोजन गर्न माग गरेका थिए ।  बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाहसँग प्रतिवद्धता गरेको बताए । भेटमा अध्यक्ष शाहले प्रधानमन्त्रीसँग नरैनापुरको इलाका प्रशासन कार्यालय सञ्चालनका लागि पहल गरी दिन समेत आग्रह गरे । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष शाहसँगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र…

Read More

काठमाडौं । भक्तपुरस्थित बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागेका छन् । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार भागेकामध्ये केहीलाई नियन्त्रणमा लिइएको छ । रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि तनाबको अवस्था सिर्जना भएको थियो । सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै उनीहरु तोडफोडमा उत्रिएका हुन् ।

Read More