Author: हाम्राे हेडलाइन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागद्वारा सडक डिभिजन, काठमाडौंलाई सम्मान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक सुशील बाबु ढकालबाट एक कार्यकमबीच सडक डिभिजन,काठमाडौंलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो। सडक डिभिजन, काठमाडौंले आर्थिक वर्ष २०७९÷८० मा सडक मर्मत सम्भार कार्य उत्कृष्ट रूपमा सम्पादन गरेको भन्दै सम्मान गरेको हो । निर्धारित समयमा परियोजनाको काम सम्पन्नसँगै गुणस्तरीय कामको सम्बन्धित निकायसँगको सहकार्य जनतासँगको सहकार्यलाई बलियो ढंगले स्थापित गर्दै कार्यालयले स्थानीयबासीको मन जितेको थिए । सडक डिभिजन, काठमाडौंको प्रमुख इन्जिनियर नारायण निहुरेको लगनशीलता र उनलाई नजिकबाट…

Read More

कुनमिङ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताउनु भएको छ । चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताउनु भएको हो । सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने पनि उल्लेख गर्नु भयो । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान…

Read More

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन् । डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुनेछिन् । यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् । डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन्…

Read More

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए। लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो। राष्ट्रिय क्रिकेट टिम पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

Read More

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार साउनको तुलनामा करिब १ दर्जनको सामान्य बढेको छ भने केहीको स्थिर त केहीको घटेको छ । अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ । भदौका लागि व्यक्तिगत मुद्दतीमा कुनै पनि बैंकको ब्याजदर १०.८९६ प्रतिशतभन्दा बढी छैन । व्यक्तिगत मुद्दतीमा भन्दा रेमिट्यान्स मुद्दती खातामा अधिकतम १ प्रतिशत बिन्दु बढी ब्याज दिन सक्ने प्रावधानअनुसार त्यस्तो खातामा अधिकतम ११.८९६ प्रतिशतसम्म ब्याजदर बैंकहरुले प्रदान गर्नेछन् । त्यस्तै संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दु कम दिनुपर्ने व्यवस्थाअनुसार संस्थागत मुद्दतीमा अधिकतम…

Read More

एजेन्सी । यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो । निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो । सेभियाले युसेफ इन–नेसरीको गोलमा शुरुवाती अग्रता लिए पनि सिटीका लागि कोल पाल्मरको बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् ।

Read More

काठमाडौं । गत आर्थिक वर्ष नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो। टेलिकमको सेवा व्यापारबाट हुने आय केही कमी आएसँगै नाफा घटेको छ। अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ छ । टेलिकमको अन्य स्रोबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ छ। टेलिकमको चुक्ता पुँजी…

Read More

काठमाडौं । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमए लगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएम अन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन्। यस कारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ताहरु घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ। प्रविधिको विकासक्रम अनुसार विश्वव्यापी रुपमा फोरजी/एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्था छ। नेपाल टेलिकमले प्रदान गरेको सीडीएमए सेवाका ग्राहकहरु समेत फोरजी/एलटीईमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसै अनुसार कभरेज र सेवा समेत विस्तार गरिरहेको छ। पछिल्लो समयमा कम्पनीले सीडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रुपान्तरण हुँदा…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौँ। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ। नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्ने बताउनुभयो। सोंच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ।’’…

Read More

काठमाडौं । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ वटा सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा।प्र।०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएका थिए ।…

Read More