Author: हाम्राे हेडलाइन

एजेन्सी । टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार सोमबार आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको छ । यसअनुसार पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

Read More

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तीमध्ये तीन जना खेलाडी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगमा खेलाडीहरू मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ । त्यस्तै स्पट फिक्सिङमा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि सोही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ…

Read More

काठमाडौं, ८ फागुन । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । आइतबार थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्युरोलेको टोलीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।

Read More

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ। कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छ्रैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ। खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना…

Read More

काठमाडौं । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी भएका थिए । समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए । ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भने । सम्बोधनको पूर्णपाठ- फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको…

Read More

काठमाडौं। १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भई जेलजीवन बिताइरहेका प्रतिनिधिसभाका सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । सांसद चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी हुन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो । चौधरी वि.स. २०६६ भदौ ३ गते लु.२ त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका थिए । कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी कैलाली -२ बाट…

Read More

काठमाडौं  । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ । प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको…

Read More

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’ पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ । राज्य सत्ताको बागडोर ज-जसका हातमा परे…

Read More