Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६० औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो । राष्ट्रपति भण्डारीले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेकी थिइन् । हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित…

Read More

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल ३ विकेटले विजयी बनेको हो । घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ…

Read More

काठमाडौं । सरकारले देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । यसरी औद्योगिक ग्राम घोषणा गरिने ठाउँहरुमा लिखु गाउँपालिका ४, काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, म्याग्दीको रघुगंगा २, जुम्लाको तातोपानी गाउँपालिका २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४, दार्चुलाको अपि हिमाल ४ छन् । सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम संचालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम…

Read More

काठमाडौं । आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको क्षतीमा पुरा गर्यो । जसमा दीपेन्द्रसिंह ऐरीले अविजित ८५ रनको योगदान गरे । यस्तै कुशल मल्लले ८१ रन बनाए । ७७ रनमा ५ विकेट गुमाएर धर्मराएको नेपालका लागि कुशल र दीपेन्द्रले शसतकीय साझेदारी गरे । स्कटल्याण्डका लागि क्रिस सोले र मार्क वाटले तीन तीन विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २७४ रन बनायो ।…

Read More

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो। भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो। भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल…

Read More

काठमाडौं । सर्वोच्च अदालतले चुनाव खर्च विवरण नबुझाउने पालिकाका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले जरिबाना तोकेका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । निर्वाचन आयोगले गएको वैशाखमा भएको पालिका चुनावमा प्रतिस्पर्धा गरेका तर खर्च विवरण नबुझाएका उम्मेदवारलाई जरिबाना तिराउने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध काठमाण्डौ महानगरका मेयर शाहले सर्वोच्चमा रिट दिएका हुन् । सर्वोच्चको आदेशसँगै जरिबाना बुझाउन बाँकी झन्डै १७ हजार जना जनप्रतिनिधिलाई तत्कालका लागि राहात भएको छ । आयोगले जरिबाना बुझाउन दिएको छ महिनाको समयसीमा…

Read More

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको…

Read More

काठमाडौं, ४ फागुन । नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका १ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ  बस सडकबाट २० फिट तल खसेको छ ।

Read More

काठमाडौं । ग्यास सिलिन्डर पड्किएर घाइते सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो। उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) दिनेश राई, (प्यारामेडिक्स इआर), सागर महर्जन, (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) उपचार टोलीमा सहभागी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा.भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ। नेता डा भण्डारीको दुवै…

Read More

काठमाडौं । सिलिन्डर ग्यास विस्फोट भएपछि घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राति सिलिन्डर ग्यास विस्फोट हुँदा प्रतिनिधिसभा सदस्य कांग्रेसका नेता भण्डारी र उनकी आमा घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारार्थ भर्ना गरिएकी आमा हरिकलाको बिहीबार १० बजेर ५८ मिनेटमा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजिमा ताम्राकारले जानकारी दिएकी हुन् । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि आजै मुम्बई लैजाने तयारी गरिएको छ ।

Read More