Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गरेका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट हात पारेको खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गरेका हुन् । नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले एकदिवसीयमा १०० विकेट पूरा गरे । सन्दीपले अफगानिस्तानका राशिद खानले यसअघि राखेको कीर्तिमानलाई तोडेका हुन् । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । अस्ट्रेलियाका मिचेल स्टार्कले भने ५२ खेलमा १०० विकेट हात पारेका थिए ।

Read More

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाले वृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । गजलको नेपाली साहित्यमा महत्त्व बढाउने तथा गजल विधाका साधकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाकाे, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वृहत् गजल महोत्सव हुने भएकाे हाे। महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्याङ्कन गराइ ४० वटा रचनाहरु वाचन तथा गायनमा छनोट गरिने नगरपालिकाले जनाएकाे छ । प्रतियोगितामा सहभागिताका लागि वैशाख १५ गतेसम्ममा आफूले सिर्जना गरेको मौलिक, प्रकाशन तथा प्रशारण र गायन रेकर्ड समेत नगरिएको बढीमा ७ सेरसम्मको कागजको एकातर्फ मात्र स्पष्ट बुझिने गरी लेखिएको…

Read More

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा हुन सक्ने चलखेललाई नियन्त्रण गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गरिएको उल्लेख छ । वैशाख १० गते आइतबार भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गर्नेगरी आयोगले गएरातिदेखि मौन अवधि लागू गरेको छ । विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को…

Read More

काठमाडाैं । नेपाली युवा अलरान्डर कुशल मल्ल एकदिवसीय क्रिकेटमा कीर्तिमान शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी ओमानविरुद्धको खेलमा कशुलले अक्युव इल्यासको बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे। योसँगै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने कान्छो खेलाडी बनेका छन्। उनी १९ वर्ष ४७ दिनका मात्र भए। यो उनको मेडल एकदिवसीय शतक हो। यस्तै, कशुल एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी हुन्। करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा कुशलले ५९ बलमा समान ९ चौका र ९ छक्का प्रहार गरे। कुशल नेपालका लागि एकदिवसीयमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए ।

Read More

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) नेपालले दोस्रो खेल खेल्दै छ। प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई हराएर सुखद् सुरुवात गरेको नेपाल आज (शुक्रबार) ओमानको सामना गर्न लागेको हो। ओमानसँग शुक्रबार हुन लागेको प्रतिस्पर्धा नेपालको ५०औं एकदिवसीय खेल हो। नेपालले ५०औं एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै गर्दा थुप्रै नयाँ रेकर्डहरु पनि कायम हुने छन्। नेपालले सन् २०१८ मार्च १५ मा ओडीआई मान्यता प्राप्त गरेको थियो। यस पटक उक्त ओडीआई जोगाउन नेपालले निकै संघर्ष गरेको थियो। नेपालले हालसम्म ४९ ओडीआई खेलेको छ। नेपालले आफ्नो पहिलो ओडीआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग खेलेको थियो। दुई खेलको सिरिजमा…

Read More

काठमाडौं । लमजुङ उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द हुने भएको छ । वैशाख ८ गतेदेखि जेठ पहिलोसातासम्म डुम्रे बेसीशहर चामे सडक योजना अन्तर्गतको उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द गर्न लागिएको हो । डुम्रे बेसीशहर सडक खण्डको उदिपुरको पहिरोमा निर्माणकार्य शुरू भएको हुँदा उक्त समय हेरेर यात्रा गर्न सवारी यात्रुहरूलाई अनुरोध गरिएको छ ।

Read More

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक…

Read More

बारा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिए । उनले भने “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईँहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।” उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताए। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा…

Read More

काठमाडौं । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा भएको छ । बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् । उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

Read More