काठमाडौं । ‘दुःख सुखमा साथ लमजुङ सेवा समाज’ भन्ने मूल नाराका साथ कतारमा स्थापित संस्था लमजुङ सेवा समाज कतारले लमजुङ बेशिसहर –११ चिति बस्नेत गाउँका रामबाबु पाण्डेलाई सहयोग गरेको छ ।
केही वर्ष पहिले रुखबाट लडेर शल्यक्रियापछि रकमको अभावले थप उपचार नपाएर ह्विलचेयरमा थलिएर बसेका भन्ने समाचार सामाजिक सन्जालमार्फत प्राप्त भएपछि उनको उपचारलाई केही थप सहयोग होस् भन्ने हेतुले लमजुङ सेवा समाज कतारले नगद २१ हजार २ सय ९० आर्थिक सहयोग हस्तान्तरण गरेको छ । साथै उक्त रकम अमृत घिमिरेले हस्तान्तरण गरेका अध्यक्ष बिनोद प्रसाद बसौलाले जानकारी दिए ।