काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्। सीआईबीले ठगी मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो। कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए।
उनीहरुले कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ।