काठमाडौं । साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बिहीबार सिंहदरबारमा सभामुख र पार्टीका प्रमुख सचेतकहरूबीच छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले साउन सात गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावली व्यवस्थाअनुसार साउन सात गने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय हुन्छ । त्यो अगाडि बढ्छ ।’
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोउत्तर गर्ने कार्यक्रम पनि तय भएको छ । सोही प्रयोजनका लागि गृहकार्यस्वरूप सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।