काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा उद्योगको लाइन आजै जडान गर्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रकलाइनवापतको बक्यौता नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफलपछि यो निर्देशन दिएका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलका क्रममा सञ्चालक समितिको बैठक आइतबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका थिए। जवाफमा प्रधानमन्त्रीले आजै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्न निर्देशन दिएको बताइएकाे छ ।