काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकमा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए भने विपक्षमा १४ मत परेको छ।
४० सदस्यीय प्रदेश सभामा सोमबारको बैठकमा ३७ सांसद उपस्थित थिए। माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन्।
गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन्।