काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
उनले शुक्रबार मस्कसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने चासो देखाएको छ ।
यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।