काठमाडौं । लमजुङ बेसिशहर–११ मा रहेको चिति स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन कन्सेन्ट्रेटर प्राप्त भएको छ । वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार हेक्याप संस्थाकाट उक्त अक्सिजन कन्सेन्ट्रेटर प्राप्त भएको हो ।
हेक्यापका बोर्ड अफ डाइरेक्टर हरि तिवारीको पहलमा अक्तिजन प्राप्त भएको वडाअध्यक्ष जोशीले बताए । वडाअध्यक्ष जोशीले भने, ‘११ को स्वस्थ्य चौकीको लागि ५ वटा अक्सिजन कन्सेन्ट्रेटर काठमाडौंबाट बुझेर ल्याएको छु, जसले बिरामी वृद्धवृद्धा बुबा आमाहरुलाई अक्सिजन खोज्न र त्यसको व्यवस्था गर्न सहज हुनेछ । अब वडाले घरघरमा पुगेर सेवा प्रदान गर्ने छ ।’
वडाअध्यक्ष जोशीले यसको हस्तान्तरण गर्ने हेक्यापका बोर्ड अफ डाइरेक्टर तिवारी र उनको संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।