काठमाडौं । अमेरिकी सहायतामा सञ्चालनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना पनि रोकिएको छ। एमसीसीले फागुन २ गते पठाएको इमेल पत्रमार्फत तत्कालका लागि परियोजनाका सबै काम रोक्न निर्देशन दिएको थियो।
अर्थमन्त्रालयले जारी गरेको प्रेशविज्ञप्तीमा सरकार र उक्ता निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भैरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलाहरु अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पबाट जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जनाएको छ।