काठमाडौं । सुनको भाउ घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो । साताको अन्तिम कारोबार दिनका लागि सुनको भाउ १ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिन भने १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चादीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने घटेर १ हजार ९९० रुपैयाँ कायम भएको छ ।