प्रतिनिधिसभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। शुक्रबार बैठक बस्न नसकेपछि दुई पटक सुचना टाँस गरेर प्रतिनिधिसभाको बैठक आइतबारलाई बोलाइएको हो।
आज दिउँसो १ बजेलाई तोकिएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण बस्न नसकेपछि संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले शनिबार बिहान ११ बजेको समय निर्धारण भएको सूचना प्रकाशित गरे।
विशेष कारण उक्त समयमा पनि बैठक बस्न नसक्ने उल्लेख गर्दै सचिवालयले पुनः आजै दोस्रो सूचना जारी गरेर मिति संशाेधन गरेकाे हाे।

