काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा छन् ।
उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।