काठमाडौं । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
नेपाल स्काउटको तदर्थ समितिले आगामी माघ २७ गतेका लागि नेपाल स्काउटको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ समिति चयन गर्न हुन लागेको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गरेका थिए ।