काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ। डिउटी सकेर पेस्तोल बुझाउने क्रममा गोली चलेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी भीमप्रसाद ढकालले गोली चलेको पुष्टि गर्दै केही मान्छे घाइते भएको प्रारम्भिक सूचना पाएको जानकारी दिए। डिउटी सकेर इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ पेस्तोल बुझाउन कोर्टमा पुग्दा गोली चलेको थियो।
गोली लागेर एक सर्वसाधारण सहित दुईजना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको डिआइजी ढकालको दाबी छ। घाइते दुबैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको प्रहरीले बताएको छ।