काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् ।
सत्ता साझेदार दलले विश्वासको मत फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार उनले ७ जेठमा विश्वासको मत लिन लागेका हुन् ।
यसअघि सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले सरकार छाड्दै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।