काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विपन्न चेपाङ दुई विद्यार्थीलाई अध्ययनका लागि आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाले चेपाङ जातीका विद्यार्थीहरुलाई कक्षा १२ सम्मको अध्ययन खर्च (खाद्यान्न, आवास आदि) बापत वार्षिक ६० हजार उपलब्ध गराउने निर्णय बमोजिम रकम हस्तान्तरण गरेको हो ।
रामशाह मावि कक्षा ११ मा अध्ययनरत अमृत चेपाङ र कक्षा ९ मा अध्यनरत सञ्जीब चेपांगको अभिभावकलाई चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।