काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था कार्टुनिष्ट क्लब नेपालको अध्यक्षमा पुनः बासु क्षितिज चयन भएका छन् । आइतबार काठमाडौं क्लबको अधिवेशनले बासु क्षितितलाई दोस्रो पटक सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा रवी मिश्र चयन भएका छन् । यसअघि उनी महासचिव थिए । यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र कोषाध्यक्षमा सुजिता महर्जन निर्वाचित हुँदा सदस्यहरुमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य भने पछि मनोनित हुने क्लबले जनाएको छ ।