काठमाडौं । गोरखाको मनकामना केबुलकार करिब दुई महिनाका लागि बन्द हुने भएको छ । मर्मत सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म ५० दिन केबुलकार बन्द गर्न लागिएको हो ।
सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा)समेत फेर्ने तयारी भएको उनले बताए ।
मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो ।
नेपालमा पहिलोपटक २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालन गरिएको हो ।