काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानविरूद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।