काठमाडौं । बाँकेमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गर्न गोली प्रहार गरेकाे छ । बिहीबार बिहान ९ बजे चोरी मुद्दामा ६ वर्ष र १२ हजार जरिवानाकाे सजाय पाएका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे हाे ।
प्रहरीले गोली चलाएर डुडुवा गाउँपालिका-६ शिखनपरुवामा अभियुक्त सरमानसिंह सरदारलाई नियन्त्रणमा लिइएकाे हो। उनलाई पक्राउ गर्न खोज्दा स्थानीयवासीले प्रतिकार गर्दै सरदारलाई खोसेर फिर्ता लिएपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । जसपश्चात, उनलाई ९ बजे प्रहरीले नियन्त्रणमा लिएको हाे । घाइते सरदारकाे भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ।स्थानीयले प्रहरीकै हतियार खोसेर प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली प्रहार गरेकाे हाे ।
स्थानीय र प्रहरीबीचकाे झडपका क्रममा तीन जना घाइते भएका छन् । जसमध्ये एक जना प्रहरी पनि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका हुन् । यसैगरी, स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् ।