काठमाडौं । पहिरोले बेसिशहर–चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४, स्याँगेमा सोमबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको र त्यो खुलाउन प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।