काठमाडौं । न्युरोडमा काठमाडौँ महानगरपालिकाले मङ्सिर २ गतेसम्म डोजर नचलाउने भएको छ । सोमबार महानगरपालिकामा भएको छलफलमा मङ्सिर २ गतेसम्म डोजर नचलाउने गरी सहमति भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
छलफलमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, वडा १७ का अध्यक्ष नवीन मानन्धर र वडा २२ का अध्यक्ष चिनकाजी महर्जन सहभागी भएका थिए ।