काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
जहाजका पाइलट मनिषरत्न शाक्यलाई भेन जिवितै उद्धार गरि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । उनको उपचार भईरहेको छ । शाक्यको आँखामा चोट लागेको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए। क्याप्टेन मनिषरत्न शाक्य २०१२ मा स्रिमिक एयरलाइन्सबाट उडान शुरु गरेका थिए। करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रुपमा काम गरे।
शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा सुरु गरे । पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन्। शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन्।
विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।