Rock ब्राण्डले आफ्नो नवीनतम प्रोडक्ट Vibe Headphone मार्फत नेपाली बजारमा नयाँ तरंग ल्याउँदैछ। आधुनिक डिजाईन, अत्याधुनिक प्रविधि, र बेजोड Active Noise Cancellation (ANC) क्षमतासहितको Vibe Headphone पहिलो पटक भाद्र १८ गते pre-launch हुँदैछ।
यस अवसरमा ५५०० पर्ने हेडफोनलाई मात्र १५०० मा उपलब्ध गराउने विशेष अफर राखिएको छ, जसमा यो अफर Exclusively on Daraz हुनेछ। Pre-launch को यो अद्वितीय दिनमा पहिलो १०० जना भाग्यशाली ग्राहकहरूले यो उच्च गुणस्तरीय हेडफोनलाई मात्र १५०० मै आफ्नो बनाउन सक्नेछन्।
Vibe Headphone को स्टाइलिश रूपले मात्र ध्यान आकर्षित गर्दैन, यो अत्यन्तै comfortable पनि छ, र good sound quality प्रदान गर्न सक्षम छ। यस हेडफोनमा Active Noise Cancelling फिचर सहित Bluetooth version 5.3 छ, जसको transmission range १० मिटर रहेको कम्पनीले दाबी गरेको छ।
Foldable design को साथमा आएको हुँदा यो Portable छ, र ergonomic डिजाईन भएकोले लगाउन पनि सहज छ। यो हेडफोनमा Bluetooth calling feature, inbuilt mic, deep bass, र high quality sound पाउन सकिन्छ। साथै, 400mAh क्षमता भएको battery ले ANC सहित लगभग ३० घण्टाको talk time र music playback time प्रदान गर्दछ।
Rock ब्राण्डको यात्रा चारजना विशेषज्ञहरूको विचारशील नेतृत्वमा अघि बढिरहेको छ। Subash Neupane, Ramraj Khanal, Gopal Niraula, र Pradeep Poudel ले २०२४ मा Rock Tech Shop स्थापना गरेका हुन्, जसले नेपाली बजारमा नवीनतम प्रविधि र गुणस्तरीय उत्पादनहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
Subash Neupane ले २०१६ मा पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन् र उनले रोबोटिक्स क्षेत्रमा नेपाललाई विश्वस्तरीय पहिचान दिलाउँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।
उनले २०१७ मा Prokura Innovations स्थापना गरे, जसले ड्रोन, रोबोटिक्स, इँटा उद्योग, जलविद्युत् लगायतका क्षेत्रमा नवीनतम प्राविधिक समाधानहरू प्रदान गर्दै आएको छ। Calcgen Solutions उनको अर्को महत्वपूर्ण स्थापना हो, जसले विभिन्न उद्योगहरूको लागि प्रेशर भेसलहरू डिजाइन गर्नेदेखि लिएर, विश्वभरका ग्राहकहरूको लागि सफ्टवेयर तथा मोबाइल एप्लिकेशनहरू विकास गर्दै आएको छ।
Ramraj Khanal ले इलेक्ट्रोनिक्स र कम्युनिकेशन इन्जिनियरिङमा स्नातक र प्रविधि र नवप्रवर्तन व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनको योगदानले ड्रोन कन्ट्रोल सिस्टम र ब्याट्री अनुसन्धानमा महत्वपूर्ण सफलता पाएको छ। उनले नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा उच्च स्थान दिलाउन भूमिका खेलेका छन्, र उनले पोखरा र लुम्बिनीका संग्रहालयहरूमा अद्वितीय एनिमेट्रोनिक्स निर्माण गरेका छन्। उनी सफ्टवेयर विकास र स्वचालन परियोजनाहरूमा विशेषज्ञ परामर्शदाताको रूपमा पनि परिचित छन्।
Gopal Niraula लाई इलेक्ट्रोनिक एक्सेसरी र ग्याजेट्स क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनले नेपाली बजारमा यस क्षेत्रमा योगदान पुर्याउँदै, विभिन्न नवीन उत्पादनहरूको विकास र बिस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। Pradeep Poudel लाई लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ, र उनले उच्च गुणस्तरीय उत्पादनहरू प्रस्तुत गर्दै ग्राहकहरूको विश्वास जित्न सफल भएका छन्।
भाद्र १९ गते Rock ब्राण्डले Vibe Headphone को औपचारिक launch गर्दैछ, जहाँ पुनः पहिलो १०० जना ग्राहकहरूले ३००० मै यो हेडफोन प्राप्त गर्न सक्नेछन्। यो हेडफोन Oliz Store, Daraz, र Rock Tech Shop को वेबसाइटमा सजिलै उपलब्ध हुनेछ। साथसाथै, Rock ले भाद्र १९ मै 3A Type C to Type C, 3A Type C to Lightning, र 5A Type C to Type C Cables हरू पनि लन्च गर्दैछ। आगामी दिनहरूमा Rock ब्राण्डले Power Bank, Smart Watch, Earbuds, Speakers, र Chargers जस्ता अत्याधुनिक प्रोडक्टहरू क्रमिक रूपमा नेपाली बजारमा प्रस्तुत गर्ने योजना बनाएको छ।