लमजुङ । लमजुङ बेसिशहर नगरपालिका वडा नंं ६ ६ मकैडाँडामा बोलेरो जीप दुर्घटना भएको छ । सदरमुकाम बेसीशहर आउँदै गरेको ग१ज ८५५१ नम्बरको जिप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था मध्यम खालको रहेको छ भने, १२ जनाको अवस्था समान्य रहेको छ ।
घाइतेहरूको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये बेसीशहर–७ बस्ने ४० बर्षीय राजु रिमाल, बेसीशहर–६, बस्ने ४० वर्षीया बिमला अधिकारी, ३६ वर्षीय केशव विक, ५ वर्षीय अशिम विक, १९ वर्षीया सुमना सेन्चुरी, ४५ वर्षीय राधा रिमाल र ४७ वर्षीया विमला कार्कीको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते रहेका जिप चालक बेसीशहर– ६ बस्ने ५८ वर्षीय कृष्ण बहादुर रिमाल प्रहरीले नियन्त्रणमा लिएको छ ।