काठमाडौं । सामसङले आफ्नो नयाँ संस्करणको युजर इन्टरफेस वन यूआई सेभेन (One UI 7) को बेटा अपडेट सार्वजनिक गरेको छ । एन्ड्रोइड १५ मा आधारित यस अपडेटमा विभिन्न एआई फिचर समावेश गरिएको छ ।
यो यूआई सामसङको आगामी फ्ल्यागशिप सिरिज ग्यालेक्सी एस२५ सँगै उपलब्ध हुने बताइएको छ । अन्य डिभाइसमा २०२५ को पहिलो त्रैमाससम्म उपलब्ध हुने चर्चा छ ।
एप्पलको राइटिङ टुलजस्तै सामसङको वन यूआई सेभेनमा पनि जनेरेटिभ एआई समेटिएको छ । यसअन्तर्गत प्रयोगकर्ताले कुनै पाठको सारांश तयार पार्न, स्पेलिङ तथा ग्रामर जाँच गर्न तथा टेक्स्टलाई बुलेट पोइन्टमा फर्म्याट गर्न सक्नेछन् । यी सुविधा प्रयोग गर्न अन्य कुनै एप्लिकेसनमा जानु पर्दैन ।
त्यस्तै सामसङले फोन कलमा बोलिएका कुरालाई २० भाषामा स्वचालित रूपमा अनुवाद गर्नसक्ने फिचर पनि ल्याएको छ ।