काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको प्रथम जिल्ला भेला हुने भएको छ । यही मंसिर २९ गते शनिबारका दिन बेसिशहरस्थित शान्तिटोल तमु भवनमा जिल्ला भेला हुन लागेको हो ।
भेलाबाट पार्टीको विद्यान अनुरुप १३ सदस्यीय रास्वपा लमजुङ जिल्ला समिति पनि गठन हुने रास्वपा निर्वाचन क्षेत्र समिति सदस्य एवं लमजुङ काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले जानकारी दिएका छन् ।
भेलामा प्रमुख वक्ताको रुपमा कार्यवाहक महामन्त्री कबिन्द बुर्लाकाटी रहने पनि संयोजक शर्माले बताए । भेलामा सहभागी हुनका लागि रास्वपाका सदस्यहरु एवं शुभेच्छुक लमजुङबासी सम्पूर्णमा आमन्त्रण गरिएको छ ।