एजेन्सी । अर्बपति उद्यमी एलन मस्कको प्राथमिक ध्यान अन्तरिक्ष अन्वेषण र स्वचालित कारमा केन्द्रित रहँदै आएको छ । तर, एक्स (पहिलेको ट्वीटर) खरिद गरेपछि यी अर्बपति सफ्टवेयर सेवामा बढी चासो देखाइरहेका छन् ।
मस्कले एक्सलाई एभ्रिथिङ एप (सबै सेवा एउटै एप) का रूपमा सञ्चालन गर्ने अभियान बढाइरहेका छन् । बाहिरिएका विभिन्न अफवाह अनुसार मस्कले यसमा भुक्तानीको विकल्प उपलब्ध गराउँदैछन् ।
एक्सले पहिले नै लिङ्क्डइनलाई टक्कर दिन जब पोर्टलको सेवा सुरु गरिसकेको छ । साथै एआईमा प्रयोगकर्तालाई स्तरीय सेवा उपलब्ध गराउन ‘ग्रोक’ नामक एआई टुल ल्याएको छ ।